फिल्म लाइनमा कोही कसैको स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्नेउद्धरणप्रति नायिका सञ्चिता लुइँटेलको पनि सहमति रहेछ । 'हो, यहाँकोही कसैको स्थायी मित्र हुँदो रहेनछ, न त स्थायी शत्रु नै । अहिलेसम्ममैले नभोगेकी भए पनि अरू सहकर्मीको देखेर महसुुस भएको छ,' नायिका सञ्चिताले फिल्म लाइनमा आफ्नो 'जिक्री दोस्त' कोहीनभएको बताउँदै व्यावसायिक रूपमा निकट रहेका तथा मिल्ने साथीकोरूपमा भने नायक निखिल उप्रेती अनि नायिकाहरू उषा पौडेल र ऋचाघिमिरेको नाम लिन्छिन् । आठ वर्षको फिल्मी 'करिअर' मा नजिकभएका यी तीन सहकर्मीसँग सञ्चिताको फिल्मबाहेक अन्य विषयमाभने कुनै सरोकार हुने गरेको छैन रे । यी तीनैजनासँग उनको प्रायःदिनहुँजसो फोनमा गफ हुने गर्छ । 'अधिकांश समय सुटिङमा बित्ने गरेकाले भेटघाट हुने थलो सुटिङ स्पट नै हो ।नत्र फोनमै कुरा हुन्छ,' सञ्चिता भन्छिन्, 'फिल्मकै कुरा बढी हुन्छन् । उषा र ऋचाले मैले गरेको कामकोसमीक्ष्ाा गर्छन् । निखिलजीले भने सुझाव-सल्लाह पनि दिने गर्नुहुन्छ ।' उषा सँगै फिल्म खेलेर साथी भएकीहोइन रहिछन् उनको । अनि, ऋचा पनि । उनीहरूसँग 'प्राइभेट फंसन' मा परिचय भएको अनि 'ट्युनिङ' मिलेरसाथी भएका रहेछन् उनको । उषा र ऋचालेझैं आफूले पनि उनीहरू खेलेको फिल्म सकभर हलमै गएर, नभएसिडीमा ल्याएर भए पर्ने हेर्ने गरेको बताउँछिन् सञ्चिता । 'असल साथीको कर्तव्य पनि यही हो कि उसले गरेकोकामको सबल-दुर्बल, दुवै पक्ष औंल्याइदिनु,' सञ्चिता भन्छिन्, 'कुनै पक्ष कमजोर छ भने खुलेर भन्नुपर्छ । साथीभन्दैमा जे कुरा पनि राम्रो छ भनिदियो भने उसले आफूलाई कहिल्यै सुधार्न सक्दैन । त्यसैले म आफूलाई लागेकोकुरा उनीहरूलाई भनिदिन्छु ।' नायक निखिलसँग भने भन्नै सकिनँ फिल्मको सुटिङका क्रममा पहिलो परिचयभएको बताउने सञ्चिता निखिलभन्दा सिनियर हुन्, फिल्म लाइनमा प्रवेशको हिसाबले । सञ्चिता र निखिललेपहिलोपटक पापी मान्छेमा सँगै काम गरेका थिए । तर, उक्त फिल्ममा उनीहरू ज्ाोडी नभई दाजु-बहिनीकोभूमिकामा थिए । पहिलोपटक जोडीको रूपमा अभिनय गरेको उनीहरूको फिल्म भने चोर सिपाही हो । चोरसिपाहीपछि नै आफूहरूबीच निकटता बढेको बताउँछिन् सञ्चिता । 'निखिलजी फेयर हुनुहुन्छ । उहाँमा देखावटीआडम्बर छैन । मनमा लागेको कुरा बोलिदिइहाल्नुहुन्छ ।' निखिलको राम्रो बानीका बारेमा सञ्चिता भन्छिन्, 'सादा जीवन उच्च विचार छ उहाँमा ।' सञ्चिता र निखिलको सामीप्य बढ्नुमा अर्काे कारण पनि छ- दुवैकोमूलघर एकै ठाउँ सर्लाही । फिल्मी साइनो गाढा भए तापनि व्यावहारिक रूपमा भने आफ्ना यी तीन साथीबीच घरआईजाई हुने गर्दैन रे उनको । 'एक-अर्काको घर जाने, लन्च, डिनर गर्ने भने भएको छैन,' सञ्चिताले भनिन् ।भेटघाट पनि सुटिङकै क्रममा हुन्छ कि कुनै अन्य फंसनमा । तीन आत्मीय साथी आफूले बनाउन नचाहेर पनिहोइन, नपाएर पनि होइन सञ्चिताका साथी थोरै भएका । 'किताब र साथ्ाी थोरै, तर राम्रा हुन्' यही उक्ति लागूरहेछ यिनको सन्दर्भमा पनि । सीमित आत्मीय साथीका नाम लिनुपर्यो भने सम्झन नै नपर्ने रहेछ उनलाई ।फ्याट्ट-फ्याट्ट नाम लिइन्- सुनिल शिल्पकार, मुना मुखिया र बिञ्जु श्रेष्ठको । यीमध्ये उनको सबैभन्दानजिकका साथी रहेछन् सुनिल । आफ्नो घरनजिकैका तथा उमेर, विचार, आनीबानी तथा सोचाइसमेत मिल्ने तथाआठ कक्षादेखि सँगै पढेकाले सुनिल उनका खास मित्र बन्न पुगे । सुनिलसँग आफ्ना सुखदुःखका प्रत्येक कुरा 'सेयर' हुने गरेको बताउँदै सञ्चिताले भनिन्, 'मैले उसका, उसले मेरा प्रत्येक पर्सनल फिलिंसहरू सेयर गथ्याँर्ैै। उसले कुरा बुझथ्यो, सल्लाह पनि दिन्थ्यो । तर...,' सञ्चिताको मुहार एकाएक न्यासि्रयो, 'ऊ गएको आठमहिना हुन लाग्यो ।' सञ्चिता न्यासि्रनुको कारण रहेछ- सुनिल अस्टे्रलिया उड्नु । 'मेरो सुखदुःखको भारीबिसाउने साथी ऊ नै थियो । आई एम मिसिङ हिम,' सञ्चिताले भनिन्, 'सुनिलजस्तो फिलिंस बुझ्ने साथी कमैहुन्छन् ।' बिञ्जु श्रेष्ठ, सञ्चिताकी स्कुलदेखिकी साथी हुन्, जो अहिले डे्रस डिजाइनिङ कोर्स गरिरहेकी छिन् ।बिञ्जुले पनि उनलाई जीवनका मोडहरूमा साथ, सहयोग, सल्लाह र सहानुभूति दिएकी छिन् । बानेश्वरको मञ्जुश्रीस्कुल पढ्दाखेरि गाँसिएको बिञ्जुसँगको मित्रता अहिलेसम्म पनि उत्तिकै गाढा रूपमा कायम छ सञ्चिताको ।बिञ्जु र आफ्नो पेसा एक-अर्कामा कहीँकतै सम्बन्धित भए पनि आफूहरूको भेट कार्यव्यस्तताले गर्दा हम्मेसीनहुने गरेको बताउँछिन् । 'फोनमा भने गफ भइरहन्छ । बिञ्जुबाट मैले व्यावहारिक धेरै सिकेकी छु,' बिञ्जुआफ्नो फिल्मको असल दर्शक भएको बताउँछिन् सञ्चिता । 'उनले मेरो अभिनयको तारिफ गर्छिन्,' सञ्चितालेसुनाइन्, 'मैले अभिनय गरेका प्रायः फिल्म हेरेकी बताउँछिन् । कतिपय नौला कुरा उनीबाटै थाहा पाउँछु ।' स्नातकसम्म सँगै पढेकी झापाकी साथी मुना मुखियासँग सञ्चिताको कहिलेकाहीँ मात्र भेट हुने गर्छ । मुनाकोन्युरोडमा ब्युटिपार्लर छ । फुर्सद मिल्यो भने सञ्चिता उनकोमा पुगिहाल्छिन् । 'मुना मेरो हित चाहने साथी हुन् ।मैले गरेको अभिनय हेरेर समीक्षा गर्छिन् । उनीसँग धेरैजसो पढाइकै बारेमा कुरा हुन्छ ।' मुनाले कहिलेकाहीँफिल्म नै नहेरीकन यसो भएन/त्यसो भएन पनि भन्ने गर्छिन् रे सञ्चितालाई । 'उनले गरेका धेरै कमेन्टसत्यताका नजिक हुन्छन्,' सञ्चिताले भनिन्, 'मुनामा असल साथीमा हुनुपर्ने सम्पूर्ण गुण छन् ।' हरेकसमस्यालाई सहजताका साथ समाधान गर्ने मुनाको बानीबाट सञ्चिता प्रभावित भएकी रहिछन् । 'गाँस छोड्नू तरसाथ नछोड्नू' सञ्चितामा पनि लागू भएको रहेछ । सञ्चिताले भन्दै गइन्, 'हम्मेसी म कसैको, मेरो कोही साथीबन्दैन । बनिहाल्यो भने टुट्ने चान्सै हुँदैन ।' त्यस्तो मित्रता केही गरी टुटिहाल्यो भने हालत कस्तो होला तसञ्चिता ? 'साथ टुटे, दिल टुट्छ । टुटेको दिल सिउने सियो कहाँ बनेको छ र ?'
No comments:
Post a Comment