Saturday, November 21, 2009

मौसमी गुरुङ

कुनै समय ‘च्याङ्बा है च्याङ्बा’को रिमिक्सले चर्चित बनेकी गायिका मौसमी गुरुङ श्रीमानभन्दा बाबुआमासँगको बसाइ सहज हुने बताउँछिन्। स्वतन्त्रता उपभोगका दृष्टिले पनि अविवाहित रहनु राम्रो ठान्ने गुरुङको भनाइ छ- ‘चाहेको लुगा लगाउन पाइन्छ नि त।’ मौसमीसँग दश प्रश्नः

१. संसारको सबैभन्दा आकर्षक पुरुष
टम क्रुज ।

२. साथमा कहिल्यै नछुट्ने दुई वस्तु
ब्याग ।
मोबाइल ।

३. अरुलाई थाहा नभएका तपाईका तीन कुरा
लुगामा बुट्टा भर्छु ।
राम्रो डान्स गर्छु ।
ब्युटिसियन कोर्स गरेकी छु ।

४. तपाईंलाई साथी बनाउनुपर्ने चार कारण
फरासिली छु ।
सहयोगी छु ।
क्षणिक होइन, दिगो सम्बन्ध राख्ने गर्छु ।
भेटघाट र फोन गरिरहन्छु ।

५. अविवाहित हुनुका पाँच फाइदा
लोग्नेभन्दा आमाबुबाको मातहतमा सजिलो हुन्छ ।
आफ्नो रुचिको करिअर बनाउन सकिन्छ ।
कामका लागि गरिने यात्रामा अवरोध हुँदैन ।
चाहेको लुगा लगाउन रोकतोक हुँदैन ।
व्यावहारिक हुनु पर्दैन ।

६. सुन्दर रहन गरिने ६ काम
आँखाको विशेष मेकअप गर्छु ।
मुक्तिनाथ हर्बलका उत्पादन प्रयोग गर्छु ।
फेसप्याक प्रयोग गर्छु ।
सनक्रिम लगाउँछु ।
घरमा बनाएको गाजल लगाउँछु ।
योग गर्छु ।

७. तपाईलाई मीठो लाग्नॆ सात परिकार
बर्गर ।
स्यान्डविच ।
चिकेन चिल्ली ।
पुलाउ ।
आलुदम ।
आइसक्रिम ।
जुसको ककटेल ।

८. काठमाडौंका आठ समस्या
ट्राफिक ।
लोडसेडिङ ।
पानी ।
बिग्रिएको बाटो ।
सरकारी काममा हुने ढिलासुस्ती ।
जुलुस ।
असुरक्षा ।
मोबाइल नेटवर्क ।

९. केटाको मन नपर्ने नौ बानी
ठूलो गफ हाँक्ने ।
केटीको अगाडि मुख छाड्ने ।
सार्वजनिक ठाउँमा चुरोट खाने ।
जाँडरक्सी खाएर बबाल गर्ने ।
शंका गर्ने ।
लागूऔषध सेवन गर्ने ।
मारपिट गर्ने ।
फाल्तु बस्ने ।
केटीलाई हेप्ने ।

१०. छुट्टी मनाउने दस तरिका
घरमै बस्ने ।
किनमेलमा जाने ।
घुम्न जाने ।
गीत सुन्ने र गाउने ।
घरमै बसेर फिल्म हेर्ने ।
नयाँ परिकार बनाएर खाने ।
साथीसँग भेटघाट गर्ने ।
घरको काम गर्ने ।
इन्टरनेट चलाउने ।
किताब पढ्ने ।

No comments:

Post a Comment