Kathमाडौंको व्यस्त सडक, बबरमहलमा हुइँकिरहेको बाइकबाट मस्त तरुनी एक्कासि भ्यागुतो पछारिएझंै पिच रोडमा पछारिई भने उसको हालत के होला ? बिहीबार दिउँसो यस्तै भयो । 'रफ क्यारेक्टर' को 'ब्वाई-प|mेन्ड' ले चलाएको बाइकको पछाडि बसेकी शालीन चरित्रकी 'गर्ल-प|mेन्ड' आफ्नो प्रेमीको बाइक हँकाइबाट त्यसै पनि भयभीत थिई । त्यही भयले गर्दा उसले आफ्नो प्रेमीलाई राम्ररी समात्न सकिन । सवारीहरूको भीडमा बाइकको बे्रक लगाउँदा एक्कासि प्रेमिका पछारिन पुगी । भाग्य बलियो रहेछ । धन्न पछाडिका सवारीधनीले इमर्जेन्सी ब्रेक हान्नाले युवतीलाई ठूलो चोट भने लाग्न पाएन ।
घटना वास्तविक हो । तर, फिल्म सुटिङको । निर्माणाधीन फिल्म हो- यही माया होको छायांकन बरबरमहलको व्यस्त सडकमा भइरहेको थियो । नायक राज तिमिल्सिना रफ स्टाइलमा बाइक हाँकिरहेका थिए । उनको पछाडि नवनायिका जानकी -जिया) केसी बसेकी थिइन् । हुँइकिरहेको बाइकबाट हिरोइन एक्कासि बीचबाटोमा पछारिइन् । रफ पारामा चलाएको बाइकमा राम्ररी बस्न नजानेकाले उनी पछारिएकी थिइन् ।
'धन्न भाग्यले बाँचिन् जिया,' दुर्घटनाका बारे बताउँदै निर्देशक दीपक श्रेष्ठले आत्तिँदै फोनमा भने, 'पछाडिबाट आइरहेका गाडीले इमर्जेन्सी ब्रेक नलगाएको भए ठूलो दुर्घटना हुने थियो ।' फिल्मको कथाअनुसार हालको नयाँ पुस्ताको रूपमा उभ्याइएका नायक राजको चरित्रले शालीन चरित्रकी केटी -जिया) पट्याउँछ । केटी नमान्दा-नमान्दै पनि केटाले बाइक व्यस्त सडकमा जिक्ज्याक पारामा हाक्नुपर्ने हुन्छ । तिनै सटअगाडि गाडीमा क्यामेरा राखेर खिचिँदै थिए । एक्कासि हिरोइन बाटोमा पछारिएपछि त्यहाँ कोलाहल मच्चिन पुग्यो । मान्छेहरूको भीड अझै बढ्यो । पछारिएकी हिरोइनलाई त टेन्सन हुने नै भयो । त्यसभन्दा बढी टेन्सन निर्देशक दीपकलाई भयो । 'साह्रै डर लाग्यो, जियालाई पछाडिको गाडीको चक्काले भेटे पनि चोट भने लाग्न पाएन,' निर्देशक अझै पनि आत्तिँदै थिए, 'यस्तो डरलाग्दो घटना त मेरो कुनै फिल्ममा पनि भएको थिएन ।' जियाले आफूलाई नसमातेकाले आत्तिएर बाइकबाट लडेको बताउँछन् नायक राज । भन्छन्, 'मैले मेरो क्यारेक्टरअनुसार रफ पारामा बाइक हाँकिरहेको थिएँ । बे्रक लगाउँदा उनले मलाई समात्न सकिनन् अनि लडिन् ।' यही फिल्मबाट पहिलोपटक नायिका बनेकी जिया आफ्नै असावधानीका कारण दुर्घटनामा परेकी बताउँछन् फिल्म आबद्ध प्राविधिक । निर्देशक दीपकले बताएअनुसार जियाको पाखुरामा चोट लागेको छ । भित्री चोट देखिएको छैन । दुर्घटनापछि जियाबाहेक राजको सट मात्र खिचिएको थियो ।
No comments:
Post a Comment