शुक्रबार रेखा थापाको परिचर्चा अधिक भयो । यस्तो लाग्थ्यो कि उनले त्यतिको चर्चा परिचर्चा त्यसअघि कहिल्यै पाएकी थिइनन् । शुक्रबार बिहानका दैनिक अखबारहरुमा नेपाली सिनेमाकी हिरोइन रेखा थापा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नाचेको खबर तथा फोटोहरुले रंगीन भएका थिए । दिनभरी रेखा जता पनि गइन्, धेरैले उनलाई सोधे - माओवादीमा प्रवेश गरेको हो ?
नसोधुन् पनि किन? केही महिना मात्र त भयो, नेपाली सिनेमाका दर्जनौं कलाकार औपचारिक तवरबाट माओवादीमा प्रवेश गरेको । त्यस्तोमा रेखा थापाले पनि 'हो' भने पनि कसैलाई मतलब लाग्दैन थियो होला । तथापि रेखा 'प्रवेश गरेको होइन' भनिरहेकी छिन् । म एउटा राजनैतिक दलको कलाकार होइन, म सबैकी रेखा थापा हो । उनले भन्न थालेकी छिन् । शुक्रबार राती तर्राई टेलिभिजनको रिलञ्च कार्यक्रममा पुगेकी रेखालाई धेरैले त्यसैरी सोधिरहे । एकजनाले माओवादीको विरोध कार्यक्रममा सहभागी हुनुलाई उसको र्समर्थन गरेकोसम्म भन्न भ्याए । त्यसपछि रेखाले मुख खोलिन् - माओवादी मात्र किन - काँग्रेस, एमाले, राप्रपा, फोरम जसले बोलाए भने पनि जान्छु । कलाकारको सम्मान जहाँ हुन्छ म त्यहाँ भ्याएसम्म पुग्छु । मलाई उहाँहरुले अति सम्मान दिएर बोलाउनु भयो । त्यसैले म गएकी थिएँ । त्यसैगरी एउटा कलाकारको सम्मान गर्दै राष्ट्रका अरु राजनैतिक दलहरुले पनि मलाई आफ्ना कार्यक्रमहरुमा बोलाउँछन् भने म जान्छु ।
बिहिबार सबेरै रेखालाई सँगीतकार चेतन सापकोटाले टेलिफोन गरी माओवादीको सिंहदरबार घेराउ कार्यक्रममा बोलाएको र अध्यक्ष प्रचण्डले सम्झेको सुनाए । रेखालाई लिन एउटा गाडी उनको घर आयो । सम्मान गर्दै आएकाले रेखा पनि माओवादीको सिंहदरबार घेराऊ कार्यक्रममा पुगिन्, लोकगीत गाएर प्रचण्डसँग नाचेर फर्किन् । 'त्यहाँ भएका सबै माओवादी कार्यकर्ता भएपनि मेरो दृष्टिकोणमा उनीहरु मेरा दर्शक तथा प्रसंसक पनि त हुन् । सोझो हिसाबले म मेरा दर्शक तथा प्रसंसकका सामुन्ने गएकी हुँ, उनीहरुको मनोरञ्जन गरेर आएकी हुँ । किनकी मेरो पेसा सबैलाई मनोरञ्जन गराउनु हो । कसैले त्यसको गलत मतलब निकाल्छन् भने मलाई केही मतलब छैन? रेखाको यो भनाईको तार्त्पर्य के हुनसक्छ ? मिडियामा छाउने अर्को जुक्ति ?
No comments:
Post a Comment