Saturday, November 21, 2009
सफल मोडल बन्ने धुनमा-राधिका
मानिसका इच्छा र आकांक्षा थुप्रै हुन्छन् तर, ती मध्ये कति पुरा हुन्छन् त कति त्यतिकै सेलाएर जान्छन् । कतिइच्छा आकांक्षा पुरा गर्न त थुप्रै संघर्ष गर्नुपर्छ । त्यस्तै आफ्नो सफल मोडल बन्ने इच्छा बोकी मोडलिङ क्षेत्रमासंघर्षरत छिन् राधिका कोइराला । छिमेकी जिल्ला सिन्धुपाल्चोक-दुवाचौर ९, केउरेनीमा करिब १८ वर्षअघिजन्मेकी राधिका कोइराला लामो समयदेखि काभ्रेको बनेपामा बसोबास गर्दै ग्ल्यामरको क्षेत्रको रुपमा चिनिनेमोडलिङप्रति आकर्षित बनी सफल मोडल बन्ने धुनमा छिन् । प्रगति प्रभात एकेडेमी बनेपामा व्यवस्थापनसंकायमा १२ कक्षामा अध्ययनरत उनीस् मोडलिङको मार्फतबाट पनि समाजलाई अग्रगतितर्फ लान सकिनेधारणा राख्छिन् । सानैदेखिको मोडलिङप्रतिको आकर्षण अनि नाम र दाम कमाएर सबैको आकर्षणको केन्द्र बन्नेइच्छाले मोडलिङमा होमिएको उनी वताउँछिन् । सबैले आफूलाई चिनिदेओस् भन्ने आकांक्षा बोकेकी उनकोमोडलिङका अलावा एयर होस्टेज बन्ने उद्देश्य रहेको छ । नृत्य, गायन, मोडलिङ तथा पुराना सिक्का संकलन गर्नेरुची राख्ने राधिका मोडलिङमा भित्रिएको अश्लीलतालाई समयको माग ठान्छिन् । अहिलेको एक्काइसौं शताव्दीकोयुगमा आएर पनि नारीको सुन्दरतालाई अश्लिलताको संज्ञा दिन नहुने उनको ठम्याइ छ । तर, समयको मागभन्दैमा आवश्यकता भन्दा बढी नाङ्गनिु पनि उचित नहुने उनको तर्क छ । मायालाई नै जीवनको प्रमुखआवश्यकता ठान्ने राधिका सेक्सलाई जीवनको पर्याय ठान्छिन् । आवश्यकताअनुसार सेक्सलाई सदुपयोग गर्नजाने जीवन सफल हुन्छ भन्ने मान्यता बोकेकी उनी हालसम्म आफू प्रेम र सेक्सबाट टाढै रहेको दाबी गर्छिन् ।प्रेम प्रसंगबारे कोट्याउँदा अहिलेसम्म भ्याकेन्सी खाली रहेको उनको भनाई छ । मोडलिङ क्षेत्रमा लाग्नेहरु यौनकोमामलामा स्वच्छन्द हुनुलाई स्वाभाविक ठान्ने उनी आफूलाई बुझ्ने युवकको खोजीमा छिन् । आँखाले नै सुन्दरसंसार हेर्न सकिने भएकोलाई राधिकालाई आफ्नो शरीरको अंगहरुमध्ये आफ्नो आँखा र ओठ मन पर्छ रे । उनलाईपुरुषको नशालु आँखाले लट्ठ पार्छ रे । तर पनि आफू कसैको बाहिरी आवरण हेरेर प्रेममा नफस्ने वताउँछिन्राधिका । प्रेम गर्न बाहिरी आवरणभन्दा पनि भित्री गुण तथा व्यवहार हेर्न आवश्यक रहेको उनको बुझाई छ । मिसकलेजमा समेत सहभागी भइ मोडलिङसम्वन्धी थुप्रै अनुभव संगालीसकेकी उनी काठमाडौं व्यूटिपार्लरद्वाराआयोजित पहिलो काभ्रे लेडिज ट्यालेन्ट शोमा १६ जना प्रतिस्पर्धीसँग उपाधिको लागि भिड्दैपछन् । उपाधिआफूले जित्ने आत्मविश्वास बोकेकी राधिका मोडलिङले आफूलाई जीवनको वास्तविकता बुझ्न मद्दत पुर्याएकोवताउँछिन् । नेपाली हुनुमा गर्व गर्ने राधिका मोडलिङ क्षेत्रबाटै समाजका विकृति विसंगतिको अन्त्य गर्नचाहन्छिन् । सीमाभित्रको स्वतन्त्रताले जीवन सफल पार्न मद्दत गर्ने सोचेकी उनी अबसर पाएको खण्डमा म्युजिकभिडियो तथा चलचित्रमा अभिनय गर्नपनि तयार छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment