Sunday, November 29, 2009

• करिश्मा कार्की, जलपरी, पौडी खेलाडी

१८ वर्षीया करिश्मा कार्की सन् २००० देखि पौडी खेलमा निरन्तर लागिपरेकी छिन् । सन् २००२ मा हाइस्कुल अध्ययनरत छँदै खेल जीवन प्रारम्भ गरेकी कार्कीले हालसम्म करबि २ सय वटा पदक हात पारसिकेकी छिन् । १३ वर्षको उमेरमा राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा १३ वटा मेडल हात पार्न सफल करिश्माले सन् २००४ मा पाकिस्तानमा भएको नवौं साफ गेममा चौधौं स्थान हासिल गरेकी थिइन् । हालसम्म उनले ८ वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिइसकेकी छिन् । पल्सर पपुलर प्लेयर अफ दि इयरको नोमिनेसनमा परेकी कार्कीले उक्त विधामा दोस्रो स्थान हासिल गरनि् भने उनी प्लेयर अफ दि इयर-२०६५ पनि घोषित भइन् । सन् २००८ मा बेइजिङ ओलम्पिकमा सहभागी करिश्माले पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बाह्र वटा स्वर्णपदक हात पारेर नयाँ इतिहास कायम गरेकी थिइन् ।ब्याचलर इन आर्किटेक्चर प्रथम वर्षकी विद्यार्थी कार्की गीत सुन्ने, साथीहरूसँग घुम्ने, नयाँ-नयाँ ठाउँको यात्रा गर्ने कुरामा रुचि राख्छिन् । क्याजुअल वेयरमा ठाँटिएर हिँड्न रुचाउने करिश्मा पिज्जा र पानीपुरीकी पारखी हुन् । सफलता प्राप्त गर्ने सूत्रका सम्बन्धमा प्रश्न गर्दा उनी भन्छिन्-परश्रिम नै सफलताको साँचो हो । चाहे जुनसुकै क्षेत्रमा किन नहोस् पूर्ण रूपमा समर्पित भएर लागे सफलता टाढा छैन ।' करिश्माकी एउटी दिदी-बैंगलोर तथा दाइ अमेरकिामा छन् । ममी-ड्याडीसँग सिफलमा बस्दै आएकी कार्कीसँग एउटा भाइ छन् । कार्कीका अनुसार कमै मानिस हुन्छन् जोआफ्नो क्षेत्रका टाइकुन बन्न सक्छन्, तसर्थ आफूमा दृढता चाहिन्छ नाम, दाम तथा प्रतिष्ठा कमाउन । आर्किटेक्ट इन्जिनियर बन्ने लक्ष्य बोकेकी करिश्मा अहिलेका युवाहरूलाई सन्देश दिन्छिन्-हामी युवा करयिर कन्सस्हुनुपर्छ । उनले भनिन्-फुर्सदै हुँदैन, भैहाल्यो भने होमवर्क गर्नुका साथै साथीहरूसँग बाहिर घुम्न जान्छु । घुमेका ठाउँमध्ये मलाई पोखरा असाध्यै मनपर्‍यो । स्वीमिङ र अध्ययनलाई सँगसँगै लिएर जानसक्नु नै आफ्नो जीवनको ठूलो उपलब्धि मान्ने करिश्मा भन्छिन्-'म यसैमा खुसी छु ।'

No comments:

Post a Comment